ग्लोबल टिभि
0
सत्ता समिकरणका लागि भएको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को छलफल सकारात्मक भएको छ ।
शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको छलफल सकारात्मक भएको जसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए।
‘हामीले आफ्नो तीनवटा मागहरू राखेका छौं,’ ठाकुरले भने, ‘बैठक सकारात्मक भएको छ ।’ उनले रेशम चौधरीको रिहाइ, गिरिजचन्द्र लालको प्रतिवेदन सार्वजनिक, मधेश र थरुहट आन्दोलनमा सहभागीलाई जेलमुक्त र संविधान संशोधनको मागको सम्बोधन हुनुपर्ने बताए ।
छलफलपछि नेपाली कांग्रेसका प्रवक्त विश्वप्रकाश शर्माले छलफल सकारात्मक भएको र विपक्षी दलहरूबीच सत्ता समीकरणमा एकता हुने सम्भावना बलियो बनेको बताए।
फेरि पनि छलफल गर्ने सहमति दुई दलबीच भएको उनको भनाइ छ । शनिबारदेखि राजनीतिक परिस्थिति अलग हुनसक्ने प्रवक्ता शर्माको भनाइ छ ।
Post Views: 1,272
Leave a Reply