खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

 ग्लोवल टि.भी.      शनिबार, फाल्गुन २९, २०७७      0

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहले आज ११ बजे आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएको छ।

हिजो अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले केन्द्रीय कमिटी पुनर्गठन गर्दै महाधिवेशनको मिति तोकेपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

खनाल–नेपाल समूहले ओलीले पार्टी फुटाउने उद्देश्य साथ एकलौटी निर्णय गरेको भन्दै त्यसविरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वानसमेत गरेको छ ।

हिजोको भेलाले चैत पहिलो साता राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णयसमेत गरेको छ । भेलामा सबै जनवर्गीय संगठनहरुको सहभागीता हुने र पार्टीलाई एकताबद्ध बनाएर लैजाने निर्णय भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *