कालीकोटमा विस्फोट हुँदा एक बालिकाको मृत्यु, ४ जना गम्भीर घाइते

 ग्लोबल टिभि      शनिबार, कार्तिक १२, २०७९      0

कात्तिक १२ –कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा विस्फोटक पदार्थ पड्किँदा चार वर्षीया बालिकाको मृत्यु भएको छ भने अन्य चार जना बालबालिका गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा तिलागुफा–१० की चार वर्षीया झरना थापा रहेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

उनका अनुसार घटनामा तिलागुफा–१० कै सात वर्षीय कमल थापा, पाँच वर्षीय मुस्कान थापा, तीन वर्षकी सपना थापा तथा चार वर्षकी सरस्वती राना गम्भीर घाइते भएका छन् ।यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले विस्फोटमा घाइते भएकाहरूको तत्काल हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणको निर्देशनपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर घाइतेहरूको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । विस्फोट के–कसरी भएको हो भन्ने खुलेको छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *