ग्लोबल टिभि
0
जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रबीचको छलफल सकिएको छ । माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा भएको छलफलमा कुनै ठोस निष्कर्ष भने ननिस्किएको नेताले प्रतिक्रिया दिएका छन् । छलफलपछि जसपाका अध्यक्ष महन्त ठाकुरले मधेस तथा जनजातिका मुद्दाका छलफल केन्द्रित भएपनि कुनै ठोस निष्कर्षमा नपुगिएको बताए ।
त्यस्तै, तीन दलीय गठबन्धनका विषयमा समेत छलफल भएपनि कुनै टुंगोमा पुग्न सकेको छैन । छलफलमा जसपा अध्यक्षद्धय महन्त ठाकुर, उपेन्द्र यादव तथा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहल , प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता जनार्दन शर्मा, पम्फा भुषाललगायतका नेताहरु सहभागी थिए ।
Post Views: 1,230
Leave a Reply