ओली प्रवृत्ति विरुद्ध कठोर बन्दै नेपाल पक्ष

 ग्लोबल टिभि      शनिबार, फाल्गुन २९, २०७७      0

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा गरेको निर्णयमाथि छलफल गर्न वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले बोलाएको स्थायी कमिटि बैठक सकिएको छ । बानेश्वरको एक होटलमा बसेको स्थायी कमिटी बैठकले आजै बस्ने केन्द्रीय कमिटीमा पेश गर्नेगरी एजेन्डा समेत तय गरेको छ । बैठकपछि नेता रघुजी पन्तले स्थायी कमिटी बैठकमा ओलीको कदमपछिको समग्र विषयमा छलफल भएको र विस्तृत निर्णय केन्द्रीय कमिटी र सांसदहरुको बैठकबाट गरिने जानकारी दिए ।

ओलीले नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष र महासचिव बाहेक अरु पदाधिकारीहरुको पद खारेज गर्नुका साथै जिम्मेवारी समेत हेरफेर गरेका थिए । माओवादी केन्द्रमा नफर्किएका रामबहादुर थापा, मणि थापा, टोपबहादुर रायमाझी लगायत नेताहरुलाई ओलीले केन्द्रीय कमिटीमा ल्याएर जिम्मेवारी समेत दिएका छन । ओलीको यो निर्णयलाई नेपाल पक्षले पार्टी विभाजनको कदम भनेको छ । नेपाल समूहले चैत ४ गतेका लागि राष्ट्रिय भेला समेत बोलाइसकेको छ भने समानान्तर कमिटी बनाउने घोषणा पनि गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *