शेरवहादुरले भने: काँग्रेसले लोभ-हतार गर्दैन, परिस्थिति आए जिम्मेवारीबाट पनि भाग्दैन

 ग्लोवल टि.भी.      शनिबार, फाल्गुन २९, २०७७      0

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीको बिरुद्धमा लड्नुपर्ने बेला आएको बताएका छन् । आज नेपाली कांग्रेस केन्द्रीय महिला विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सभापति देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागु गर्न चाहेको आरोप लगाए । प्रजातन्त्रलाई स्थायी बनाउन कम्युनिष्टको खिलापमा लड्नुपर्ने बेला आएको उनको भनाइ छ । कम्युनिष्टहरु सदैव प्रजातन्त्रको खिलापमा रहने भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सभापति देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेकोले सोचविचार गरेर अघि बढ्ने बताए । ‘कांग्रेसले लोभ र हतार गर्नुहुँदैन । परिस्थिति आइपर्यो जिम्मेबारीबाट पनि भाग्नुहुँदैन ।’ उनले स्पष्ट पारे । महिलाहरुलाई पार्टीमा आकर्षित नगरिए पार्टीको जित नहुने उनको बुझाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *