नेपाल–खनाल पक्षले बोलायो कार्यकर्ता भेला

 ग्लोवल टि.भी.      शनिबार, फाल्गुन २९, २०७७      0

नेकपा एमालेको खनाल–नेपाल पक्षले चैतको पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य हुने भन्दै राष्ट्रिय कार्यकर्ता भेला बोलाइएको बताइएको छ । भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई बोलाउने आजको बैठकले निर्णय गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *