ग्लोबल टिभि
शनिबार, फाल्गुन २९, २०७७
0
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुठ्ठीभर व्यक्तिहरुको आर्थिक स्तर माथि पुग्दैमा मुलुक सम्मृद्धिको बाटोमा अघि बढेको मान्न नसकिने बताएका छन् । प्रकाश विकल्पद्धारा लिखित समृद्धिको रोडम्याप पुस्तक विमोचन समारोहमा अध्यक्ष दाहालले समग्र मानव समाज सामाजिक न्याय सहितको सभ्यताको उचाईमा अग्रसर भएमात्र सोही आधारमा सम्मृद्धिलाई मापन गर्न सकिने बताएका हुन् ।
सामाजिक न्याय र चेतना तथा सभ्यताको स्तरमा अन्तर भयो भने त्यसलाई सम्मृद्धि मान्न नसकिने उनको तर्क छ । जनताको चेतनास्तर राम्रो र असल भए नेतालाई पनि असल बन्न कर लाग्ने उनको भनाइ छ ।
Post Views: 1,009
Leave a Reply