नेपाल–खनाललाइ बैठकमा आउन सार्वजनिक कार्यक्रमबाटै ओलीको निम्तो, नआए कारवाही गर्ने चेतावनी

 ग्लोवल टि.भी.      शनिबार, फाल्गुन २९, २०७७      0

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधामन्त्रीबाट हटाएर देखाउन चुनौती दिएका छन् । आज काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मोर्चा कसेर प्रधामन्त्रीबाट हटाउन चुनौती दिएका हुन् । कसैले हटाएपनि नेकपा (एमाले) २० महिनापछि दुई तिहाइ बहुमतका साथ सिंहदरबार प्रवेश गर्ने उनको दावी छ । माधव नेपाल–झलनाथ खनाल पक्षलाई कतैबाट नहटाएको भन्दै पार्टीको काम गर्न केहीलाई जिम्मेवारी दिइएको स्पष्ट पारे ।

माधव–झलनाथ पक्षधर बैठकमा आए कसरी अगाडी बढ्ने भन्नेबारे सल्लाह गरिने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले चैत्र ७ गतेको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन नेपाल–खनाल पक्षलाई सार्वजनिक रुपमा आह्रवान गरेका छन् । बैठकमा अनुपस्थित भए विधान बमोजिम कारबाही हुने उनले चेतावनी समेत दिएका छन् ।

उनले भने– ‘हिजो हामी केन्द्रीय कमिटी बैठक बस्यौँ उहाँहरु आउनुभएन । पहिलेदेखि आइराख्नुभएको छैन केन्द्रीय कमिटी बैठकमा । अस्ति मैले सुनेँ पेरिसडाँडाँबाट रुवाबासी गर्दै अदालतको फैसला पछि बिदावारी भएर हिड्नु भएको थियो रे । अर्याल होटलसम्म आइपुग्नु भाको छ । त्यहाँ एक दुई रात बास बस्नुभाको भन्ने सुनियो । बैठकमा आइपुग्नु भको छैन । प्रसस्त समय रहोस् भनेर ७ गतेलाई बैठक बोलाएको छु ।’

प्रधानमन्त्री ओलीले एकता कायम राख्न र मिलेर अगाडी बढ्न नेकपा (माओवादी केन्द्र) का नेता कार्यकर्तालाई पनि आग्रह गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *