दाहाल, नेपाल र देउवाले महिला हिंसाका दोषीलाई दण्डित गर्ने कानुन ल्याउन रोके: उपप्रधानमन्त्री

 ग्लोबल टिभि      आइतवार, चैत्र १, २०७७      0

उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल, माधवकुमार नेपाल र शेरबहादुर देउवाले महिला हिंसाका दोषीलाई दण्डित गर्न ल्याएको अध्यादेश प्रतिनिधिसभामा टेबुल गर्न नदिएको आरोप लगाएका छन् ।

अखिल नेपाल महिला संघले शनिबार काठमाडौंमा गरेको महिला अगुवाहरूको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् । उनले महिला अधिकारको कुरा गर्ने ,कम्युनिष्ट हुँ भन्ने, प्रजातन्त्र र लोकतन्त्रको दुहाई दिनेहरू महिला अधिकार विरुद्धमा उत्रिएको दाबी गरे ।

उपप्रधानमन्त्री पोखरेलले महिला हिंसा र बलात्कारको विरुद्धमा अपराधीहरूलाई दण्डित गर्न तथा एसिड आक्रमणका दोषीलाई कारबाही गर्न सरकारले ल्याएको अध्यादेश प्रतिनिधिसभामा पेश गर्न नदिनेलाई घृणापूर्वक अस्वीकार गर्न आग्रह समेत गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेलले महिला हिंसाका दोषीलाई कारबाही गर्न ल्याएको अध्यादेश पेश गर्न नदिएको दाबी गरे पनि फागुन २३ गतेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी अध्यादेश संविधानको व्यवस्था विपरित ल्याएको भन्दै विरोध गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *