भोट माग्दै घरमा आएकी मानुषीलाई अष्टलक्ष्मीले भनिन् ‘नमिली सुखै छैन’

 ग्लोबल टिभि           0

कात्तिक १६ –नेपाल समाजवादी पार्टीका तर्फबाट सत्ता गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराई भोट माग्दै एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको घर पुगेकी छिन्। पार्टीले दिएको टिकट अस्वीकार गरेर संसदीय राजनीतिबाट बिदा लिएकी शाक्यलाई भेटेर मानुषीले सहयोगको अपेक्षा गरेकी हुन्।

भोट माग्दै यमीले भनिन्, ‘हाम्रो प्रेरणाको स्रोत अंकल र आन्टी हुनुहुन्छ। यति संघर्ष गरेर ल्याएको व्यवस्थाप्रति सम्मान गरेर सुशासन र समृद्धितर्फ हाम्रो पुस्ता अघि बढ्न चाहन्छ।’

प्रतिक्रियामा शाक्यले समाजवाद र गणतन्त्र साझा भएकाले अगाडिको मिसन पनि आफूहरुको साझा रहेको बताइन्। त्यसैले नमिली सुख नभएको बताइन्। उनले भनिन्, ‘अब गालीगलोज गर्ने होइन। मिलेर जाने हो। नमिली सुखै छैन।’

मानुषीले अघिल्लो पुस्ताले देखाएको बाटोबाट अझ अगाडि जाने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *