जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा रामबहादुर थापा सहितका नेताहरुलाई कारवाही गर्न प्रस्ताव गरिएको छ ।
पार्टी एकता भंग भइसकेपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिइरहेको रामवहादुर थापा, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी, दावा लामा र टोपबहादुर रायमाझीलाई कारबाहीका लागि नेताहरुले बैठकमा प्रस्ताव गरिएको केन्द्रीय सदस्य देवि खड्काले ग्लोवल टेलिभिजनलाई जानकारी दिइन् ।
बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्ने सम्बन्धी प्रस्ताव समेत पेश भएको छ । माओवादी केन्द्र ब्यूँतिएपछि पहिलो पटक बसेको बैठकमा पार्टी अनुशासनको कार्बाहीबारे छुट्टै बुँदामा प्रस्ताव राखिएको खड्काले बताइन् ।
केन्द्रको शनिबार बसेको स्थायी कमिटी बैठकले यी नेताहरुलाई पार्टी त्याग गरेको हो होइनबारे २४ घण्टे लिखित स्पष्टिकरण सोधेको थियो भने मन्त्रिपरिषबाट तत्काल फिर्ता हुन निर्देशन दिएको थियो ।
Leave a Reply