फास्टट्रयाकमा आर्थिक अनियमितताको आशंका

लेखा समितिले छलफलको विषय बनाउने

 ग्लोबल टिभि           0

सार्वजनिक लेखा समितिले तराई मधेस दु्रतमार्ग (फास्टट्रयाक) अन्तरगत दोश्रो चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिताको अध्ययन गर्ने भएको छ । तराई मधेस दु्रतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले फेज टु अर्थात् दोश्रो चरणको ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै उजुरी परेपछि समितिले चासो देखाएको हो ।

बोलपत्रदाता छनौट गर्ने क्रममा अनियमितता भएको भन्दै उजुरी परेपछि पेश गरिएको कागजातका आधारमा समितिले सम्बन्धित निकायहरुसंग विभिन्न ११ विषयमा प्रतिक्रिया मागेको छ ।

समितिका सचिव डा.रोजनाथ पाण्डेले प्रारम्भिक छानविनका लागि सम्बन्धित निकायसंग डकुमेण्ट मागिएको जानकारी दिए । समितिको आगामी बैठकमा एजेण्डाको रुपमा प्रवेश गराउने गरि तयारी गरिएको पनि उनले बताए । राष्ट्रिय गौरवको आयोजना तथा सार्वजनिक महत्वको फाष्टट्रयाक निर्माण कार्यमा प्रतिष्पर्धात्मक मुल्यमा आधारित भएर सक्षम र प्रतिष्पर्धी कम्पनी छनौट होस् भन्ने हिसावले समितिले सकारात्मक रुपमा सहयोग गर्ने स्पष्ट पारे ।

पूर्वयोग्यता निर्धारणको बोलपत्र दिने कंपनी धेरै भएपनि चयन गर्ने प्रक्रियामा शंका गर्ने ठाउँ देखिएकाले समितिले अध्ययनका लागि रक्षा मन्त्रालय मार्फत कागजात मगाएको सचिव पाण्डेले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *