माओवादी केन्द्र बैठकः भोली ११ बजे बस्ने गरी सकियो

 ग्लोबल टिभि      आइतवार, चैत्र १, २०७७      0

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक भोली ११ बजे फेरि बस्ने गरी सकिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको बैठकमा विभिन्न प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक भोलि भोली ११ फेरि बस्ने बस्ने गरी सकिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको बैठकमा विभिन्न प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।

प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेका थिए ।

उनीहरुले धुर्वीकरण पछि रामबहादुर थापा, लेखराज भट्ट, प्रभु शाह, टोपबहादुर रायमाझी लगाएत उतै बसेका नेताहरुलाई फर्काउन नेतृत्वले अझै प्रयास गर्नुपर्ने बताएका थिए ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नेकपा एकतालाई खारेज गर्ने सवोच्चको फैसला बादक भएको बताएका थिए । अदालतल अनावश्यक ठाउँमा हात हालेको पनि उनको भनाइ थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *