ग्लोबल टिभि
0
प्रधानमन्त्री केपी शर्मा ओलीले सडक निर्माणमा प्राविधिक त्रुटी नर्गन मातहतका निकायलाई निर्देशन दिएका छन् । आइतबार प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ समारोहमा प्रधानमन्त्री ओलीले सवारी साधन र यात्रु सुरक्षाको प्रत्याभुति हुनेगरी सडक निर्माण गर्न निर्देशन दिएका हुन् । ‘अब निर्माण हुने सडकहरु कच्चा र असुरक्षित हुनु भएन ।’ उनले भने ।
प्रधानमन्त्री ओलीले पक्की सडक भएको ठाउँमा पनि स्तरोन्नति तथा सुधारको काम गर्नुपर्ने बताए ।
समारोहमा प्रधानमन्त्री ओलीले सरकारले सडक निर्माणको कामलाई तिव्रता दिएको दावी गरे । दुई सय ८३ स्थानीय तहका केन्द्रलाई राष्ट्रिय सडक सञ्जाल वा प्रदेश राजधानीसँग जोडिने गरी प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम आइतबारबाट सुरु भएको हो ।
Post Views: 1,405
Leave a Reply