निर्वाचन आयोग ‘तोसिमा कार्की’को उम्मेदवारी खारेजीको माग लिएर अदालत जाँदै

 ग्लोबल टिभि      शुक्रबार, कार्तिक १८, २०७९      0

कात्तिक १८ –सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएसँगै निर्वाचन आयोग अदालत जाने भएको छ ।

डा कार्की लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले १२ कात्तिकमा उम्मेदवारी खारेज गरेको थियो । आयोगको निर्णयविरुद्ध डा कार्की अदालत गएकी थिइन् । अदालतले १५ कात्तिकमा अन्तरिम आदेश दिएको थियो ।

आयोग डा. कार्कीको उम्मेदवारी खारेजीको माग राख्दै अदालत जाने भएको हो । फाइल तयार गर्दै छौँ,’ आयोग स्रोतले भन्यो । मेडिकल काउन्सिलको सदस्य लाभको पदभित्र पर्ने आयोगको निष्कर्ष छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *