ग्लोबल टिभि
आइतवार, चैत्र १, २०७७
0
नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा लगायत १३ जना नेताहरुले दल त्याग गरेको निवार्चन ओयोगलाई जानकारी गराएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकको निर्णयलाई अनुमोदन गर्दै आइबारकोे केन्द्रीय समिति बैठकबाट पार्टी त्याग गरेका संघीय सरकारका मन्त्री, सांसद र प्रदेश सांसदहरु पार्टीमा नरहेको जानकारी गराएको हो ।
आइतबार संघीय संसद सचिवालय, निर्वाचन आयोग र प्रादेशीक सांसदहरुको हकमा सम्बन्धीत प्रदेशमा पार्टी त्याग गरेको पत्र पठाएको हो । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आफ्ना मन्त्रीहरु फिर्ता पठाउन भन्दै पत्र पठाएको छ ।
पार्टी त्याग गरेपछि प्रतिनिधिसभाका ४ जना र राष्ट्रिय सभाका २ जना र प्रदेशसभाका ७ जनाको पद धरापमा परेको छ । पार्टी त्याग गरेको खण्डमा राजनीतिक दल सम्वन्धी ऐन ०७३ को दफा ३१ को उपदफा १ अनुसार उनीहरुको पद स्वत खारेज हुन्छ । ऐनमा एउटा दलबाट निर्वाचित सांसद वा जनप्रतिनिधिले पदावधी कायम रहुन्जेल दल त्याग गर्न नपाइने व्यवस्था छ ।
माओवादी केन्द्र त्याग गरेका नेताहरुको सूची
-
प्रतिनिधिसभा सदस्य
-
टोपवहादुर रायमाझी (अर्घाखाँची)
-
लेखराज भट्ट (कैलाली)
-
गौरीशंकर चौधरी (कैलाली)
-
प्रभु साह, (रौतहट)
-
राष्ट्रियसभा सदस्य
-
रामबहादुर थापा
-
चन्द्रबहादुर खड्का
-
प्रदेशसभा सदस्य
-
टंक आङवोहाङ (ताप्लेजुङ)
-
ज्वालाकुमारी साह (बारा)
-
दधिराम न्यौपाने (रुपन्देही)
-
दिनेश पन्थी (गुल्मी)
-
ठम्मर विष्ट (सुर्खेत)
-
धर्मराज रेग्मी (दैलेख)
-
झपट बोहरा (अछाम)
-
यस्तो छ कानुनी व्यवस्था
-
राजनीतिक दल सम्बन्धी ऐनको दफा ३१ को उपदफा १ मा ‘कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको संघीय संसद्को सदस्य, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यस्तो दल त्याग गर्न सक्ने छैन ।’ भनिएको छ । ऐनले केन्द्रीय समिति र संसदीय समितिमा ४० प्रतिशत नपु¥याए दल त्यागलाई बन्देज लगाएको छ । दल त्याग गरेमा निर्वाचित भएको पद नै स्वतः नरहने कानुनी व्यवस्था रहेको छ । दफा ३१ (२) मा ‘कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद निजले दल त्यागेको मितिदेखि स्वतः रिक्त भएको मानिने छ ।’
Post Views: 2,544
Leave a Reply