नयाँ सत्ता समिकरणमा सहमति जुटाउन मुख्य विपक्ष दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को त्रिपक्षिय बैठक आज बस्दैछ ।
दलहरुबीच एक आपसमा पटक पटक छलफल भएपनि सत्ता सहकार्यकै लागि पहिलो पटक त्रिपक्षिय बैठक बस्न लागेको हो । भावी प्रधानमन्त्री र सत्ता सहकार्यका बारेमा आजको त्रिपक्षिय बैठकले सहमति जुटाउने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ग्लोवल टेलिभिजनलाई जानकारी दिए ।
कांग्रेस तत्काल सरकारमा सहभागी नहुँने पक्षमा रहेपनि मुलुकमा भइरहेको राजनीतिक घटनाक्रमलाई निकास दिनुपर्ने बाध्यात्मक परिस्थितिमा रहेको शर्माले बताए । संस्थापन इतर समूहले पनि नेतृत्वका लागि अगाडि बढ्न सभापति शेरबहादुर देउवालाई सहमति दिइसकेको छ ।
बैठक कहाँ र कति खेर बस्ने भन्ने बारे एकिन भने भइनसकेको शर्माले जानकारी दिए । माओवादी केन्द्रले पनि जुनसुकै शर्तमा प्रधानमन्त्री केपी ओलीलाई हटाउने बताउँदै आएको छ । वर्तमान राजनीतिको परिपेक्षमा ओलीको विकल्प अपरिहार्य रहेको स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बताए ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठकपछि आज तीन दलबीच सहमतिय सरकार गठनका लागि छलफल हुने उनले बताए । यता, जनता समाजवादी दलका नेताहरुले भने आफ्ना मागहरु जसले संवोधन गर्छ प्रधानमन्त्रीमा उसैलाई समर्थन जनाउँने बताउँदै आएका छन् । यद्यपी प्रधानमन्त्री केपी ओलीले पनि आफु नेतृत्वको सरकारलाई नै निरन्तरता दिन जसपाका नेताहरुलाई फकाइरहेका छन् ।
जसपाले अघि सारेका मागहरु माथि अध्यनका लागि भन्दै चार सदस्यीय कार्यदल समेत बनाएको छ । तर, अधिकांस नेताहरु अदालतले समेत ओलीको कदम असंवैधानीक भनिरहेको बेला उसैलाई समर्थन गरेर सरकारमा सहभागी हुन अनिच्छा देखाइरहेका छन् ।
Leave a Reply