नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुको लागि आयोजना गरेको चियापान कार्यक्रममा वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरु सहभागी नहुने भएका छन् ।
नेपाल र खनाल पक्षलाई पेलेर जाने रणनीति अध्यक्ष ओलीमा देखिएपछि उनले आयोजना गर्ने कुनैपनि कार्यक्रममा सहभागी नहुँने नेपाल पक्षका एक केन्द्रीय सदस्यले ग्गालेवल टेलिभिजनलाई जानकारी दिए ।
केन्द्रीय समिति बैठकको पूर्व सन्ध्या (चैत ३ गते ११ बजे) केन्द्रीय सदस्यहरुलाई चियापानका लागि ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले आइतबार नेताहरुलाई एसएमएस मार्फत निम्तो पठाएका थिए ।
‘ओलीको चियापान हामी बहिस्कार गर्छौ । हाम्रो पक्षका कोही पनि जाँदैनौ । चियापानमा जानुको कुनै अर्थ छैन’ ति केन्द्रीय सदस्यले भने, ‘जबसम्म ओलीले एकलौटी गरेको निर्णय खारेज हुदैन तवसम्म उनको निम्तो मान्न जानुको अर्थ छैन ।’
नौँ महाधिवशनबाट निर्वाचित भएर आएका पदाधिकारीहरुको नै जिम्मेवारी खोसेपछि नेपाल र खनाल पक्षले समानान्तर कमिटी समेत बनाएको छ । यो पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला पनि आयोजना गरिएको छ ।
सोही भेलाको अघिल्लो दिन ओलीले बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरेका छन् ।
Leave a Reply