ग्लोबल टिभि
0
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि कांग्रेसले मरिहत्ते नगर्ने बताएका छन् । सोमबार राजधानीको एक कार्यक्रममा संवोधन गर्दै देउवाले कांग्रेसलाई प्रधानमन्त्रीको लागि लोभ नभएको बताएका हुन् ।
देउवाले प्रधानमन्त्री पदका लागि आफु र आफ्नो पार्टी लागि नपरेको दावि गरेका छन् । उनले देशको अहिलेको अवस्थालाई मध्यनगर गर्दै जिम्मेवारी काँधमा आए पछि नहट्ने तर प्रधानमन्त्री बन्न ¥याल नचुहाउने जिकिर गरे ।
वर्तमान राजनीतिक संकटलाई निकास दिनका लागि भने नेतृत्व लिन परेमा पनि पछि नहट्ने उनको भनाइ थियो ।
देउवाले कांग्रेसको महाधिवेशन नजिकिदै गएका कारण नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको ध्यान महाधिवेशन केन्द्रीत हुने बताउदै उनले निर्वाध रुपमा विना भेदभाव पार्टीका गतिविधिमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
Post Views: 1,039
Leave a Reply