कात्तिक २१ –नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले सत्तारुढ गठबन्धनका कारण आसन्न निर्वाचनमा जित सुनिश्चित भएको बताएकी छन् । आज काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलो अभियानका क्रममा नेतृ घर्तीले सत्ता गठबन्धनका कारण जित सुनिश्चित भएको र प्रक्रिया पूरा गर्नका लागि मात्रै मंसिर ४ गते कुर्नुपरेको बताइन् ।
नेतृ घर्तीको टिमले आज काठमाडौं क्षेत्र नम्बर २ को कोटेश्वर क्षेत्रमा मतदाताहरूसँग भेटघाट गरेको थियो । उनले आफू नागरिकमाझ काम गर्नसक्ने प्रतिबद्धता मात्रै लिएर उपस्थित भएको बताइन् ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेकी घर्तीले वाम गठबन्धन बोलेको गर्ने र सक्ने मात्रै बोल्ने बताइन् । उनले अहिले आसन्न निर्वाचनका लागि घरदैलो कार्यक्रममा सहभागी भइरहेको र घरदैलो कार्यक्रममा आम नागरिकले उत्साहपूर्वक आफूप्रति रुचि देखाएको बताइन् ।
उनले कार्यकर्ता र आम नागरिकले अग्रिम शुभकामना दिइसकेको भन्दै पार्टीको चुनावी एजेण्डामा आम नागरिकहरूबाट राम्रा प्रतिक्रिया आइरहेको पनि बताइन् ।
पछिल्लो समय निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका उम्मेदवारहरू चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा सक्रिय छन् ।
Leave a Reply