ओली–नेपालबीच धुम्बाराहीमा भेटवार्ता

 ग्लोवल टि.भी.      सोमवार, चैत्र २, २०७७      0

नेकपा एमालेका अध्यक्ष एवम प्रधानमन्त्री के.पी.शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा केहीबेर अघि वरिष्ठ नेता नेपाल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो । भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीभित्र बढ्दै गएको विवादबारे छलफल भएको छ ।

प्रधानमन्त्री ओली र नेपालबीच यसअघि कात्तिकमा वालुवाटारमा भेट भएको थियो । त्यसयता यी दुई नेताहरुबीच कुनै भेट भएको थिएन । आजको भेटमा नेपाल पक्षका भिम रावल र प्रधानमन्त्री ओली पक्षका इश्वर पोखरेल पनि सहभागी छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *