नेपाल पक्षको ओलीलाई आग्रह, यसअघिका एकपक्षीय निर्णय खारेज गर्नुस्

 ग्लोबल टिभि      सोमवार, चैत्र २, २०७७      0

नेकपा माधव कुमार नेपाल तथा झलनाथ खनाल पक्षले प्रधानमन्त्री के.पी. ओलीलाई यस अघि गरिएका एकपक्षीय निर्णय तत्काल फिर्ता लिन भनेको छ । आज पार्टी कार्यालय धुम्वाराहीमा भएको दुई पक्षीय छलफलमा नेपाल पक्षले यस्तो आग्रह गरेको हो । सर्वोच्च अदालतको पछिल्लो फैसलापछि नेकपा अध्यक्ष ओलीले आफ्नो पक्षको केन्द्रिय समितिको बैठकबाट नेपाल–खनाल पक्षका प्रदेश इन्चार्ज र विभाग प्रमुख हटाएर आफ्ना तथा माओवादी केन्द्रबाट ओलीको पक्षमा गएका नेताहरुलाई जिम्मेवारी दिएका थिए ।

यसबाट रुष्ट बनेको नेपाल–खनाल पक्षले आजको छलफलमा प्रमुख विषय नै यसैलाई बनाएको छलफलपछि संचारकर्मीसंग कुरा गर्दै नेता रघुजी पन्तले जानकारी दिए । साथै आजको छलफलमा दुई पक्षबीच एकता कायम गरी एमालेलाई सुदृढ बनाउने विषयमा पनि कुराकानी भएको बताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *