प्रधानमन्त्री बन्न मरिहत्ते गर्दिनँ, पाए छाड्दिनँः प्रचण्ड

 ग्लोबल टिभि      मङ्लबार, कार्तिक २२, २०७९      0

कात्तिक २२ –नेकपा माओवादी अध्यक्ष पुष्पकल दाहालले सल्यानका पत्रकारसँगको कुराकानीमा आमनिर्वाचनपछि गठबन्धनकै सरकार बने पनि प्रधानमन्त्रीका लागि मरिहत्ते नगर्ने सुनाएका छन्। तर अवसर पाए प्रधानमन्त्री बन्न पछि नहट्ने उनको भनाइ रहेकोछ।

अध्यक्ष प्रचण्डले भने, ‘४ मंसिरपछि पनि गठबन्धनकै सरकार बन्छ। अहिले प्रधानमन्त्री को बन्छ भन्नेमा हाम्रो सहमति भएको छैन। म प्रधानमन्त्रीकै लागि मरिहत्ते गर्दिनँ। यदि प्रधानमन्त्री पदको अवसर आइलाग्यो भने पछि हट्दिनँ।’ प्रचण्डले एमालेसहितका दलको गठबन्धन प्रतिगमनको भएको र कांग्रेससहितका दलको गठबन्धन अग्रगामी भएको दाबी गरे।

प्रचण्ड आगामी ४ मंसिरमा हुने संघ तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी जुम्लामा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्न जुम्ला पुगेका छन्। कर्णाली प्रदेशका तीन जिल्लाका विभिन्न पाँच स्थानमा हुने वाम लोकतान्त्रिक गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न गर्न अध्यक्ष प्रचण्डसहित कांग्रेस उपसभापति पूणर्बहादुर खड्का पनि जुम्ला पुगेका छन्।

जुम्लाको शेराखेत र सिंजामा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गरेर प्रचण्ड हुम्लाको सर्केगाडमा आयोजित सभालाई सम्बोधन गर्न जाने कार्यतालिका रहेको माओवादी प्रदेश अध्यक्ष विमला केसीले बताइन्। प्रचण्डले कालिकोटको खाँडाचक्र नगरपालिकाको मान्म र रास्कोट नगरपालिकामा आयोजित चुनावीसभालाई सम्बोधन गर्नेछन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *