अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा नयाँ आयोजनाहरु प्रस्ताव नगर्न मन्त्रालयहरुलाई भनेको छ । सोमबार बजेट निर्माणबारे अन्य मन्त्रालयसंगको छलफलमा नयाँ आयोजना प्रस्ताव नगर्न अनुरोध गरेको हो । बजेट महाशाखा प्रमुख धनीराम शर्माले अघिल्ला आर्थिक बर्षको क्रमागत आयोजना नै सम्पन्न गर्ने विषयलाई प्राथमिकता दिएर सोही अनुरुप योजना तर्जुमा गर्न आग्रह गरे ।
तत्कालै अगाडि नबढाई नहुने आयोजनाको हकमा भने अध्ययनको लागि प्रस्ताव गरेर अघि बढाउन सकिने उनको भनाइ छ । सरकारले उपलब्ध गराउने ससर्त अनुदानको बारेमा भने त्रिपक्षीय छलफल गरेर मात्र योजना बनाउने अर्थको तयारी छ ।
विगतमा ससर्त अनुदानमा सञ्चालित आयोजनाको कार्यान्वयन प्रभावकारी नभएकोले यसपटक अर्थमन्त्रालयले सम्बन्धित मन्त्रालय र प्रदेशसंग छलफल गरेर मात्र अगाडी बढाउने मनसाय राखेको हो । पूर्व बजेट छलफलमा बिभिन्न मन्त्रालयका सचिव, योजना तथा कार्यक्रम प्रमुखहरुले आ आफ्नो मन्त्रालयबारे धारणा राखेका थिए ।
Leave a Reply