उपलब्धिहीनः ओली–नेपाल वार्ता

 ग्लोबल टिभि      सोमवार, चैत्र २, २०७७      0

लालकुमार मोक्तान । तीन महिनायता संंवादहीन रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच सोमबार पहिलो पटक भेटवार्ता भएको छ । आफू पक्षीय नेताहरुका साथ बिहान ११ बजे एमाले मुख्यालय धुम्वराही पुगेका नेपाल र ओलीबीच दुई घण्टा ‘वान टु वान’ वार्ता भएपनि कुनै निष्कर्ष निस्किएन ।

प्रधानमन्त्रीले संसद विघटन गरे पछि सतहमै तल्लो स्तरका गालिगलौजमा उत्रेका ओली र नेपालबीचको यो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको थियो । तर, दुवै पक्षका नेताले आ–आफ्नो अडानमा टस मस नभएपछि बैठक निष्कर्ष विहीन बन्यो । नेपाल पक्षले अध्यक्ष र महासचिव वाहेक नवौ महाधिवेशनबाट निर्वाचित पदाधिकारी हटाउने गत फागुन २८ गते गरेको निर्णय खारेज हुनुपर्ने माग अघि सारेको छ । त्यसो नभए ओली पक्षले बोलाएका कुनैपनि कार्यक्रमहरुमा भाग नलिने नेपाल पक्षको अडान छ ।

ओली र नेपाल दुबै पक्षका नेताले वार्ताको माध्यमवाट पार्टी फुट रोक्ने प्रयास गरे पनि सोमवारको बैठक आरोप प्रत्यारोपमा नै सिमित हुन पुग्यो । विवाद मिलाउन भन्दा वढाउन अध्यक्ष ओली नै सक्रिय रहेको नेपाल पक्षको आरोप छ । पार्टी फुटको अवस्थामा पुग्दा पनि एकलौटी रुपमा गरिएका निर्णय फिर्ता लिन ओली तयार नभएको नेपाल पक्षको अरोप छ । बरु, उसले चैत ४ र ५ गते नेपाल पक्षले बोलाएको राष्ट्रिय भेलालाई स्थगित गर्न दवाव दिइरहेको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपा फुटको अवस्थामा पुगेको हो । तर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद मथ्थर हुन नपाउँदै सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्र व्युताईदिएपछि त्यो रोग दुवै पार्टीमा प्रवेश गरेको छ । सत्तारुढ दल भित्रको विवादले सरकार झन कमजोर बन्दै गएको छ भने, तिब्र विकास र सम्वृद्धिको नारा अलपत्र परेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *