राष्ट्रपतिले प्रमुख दलहरुसँग छलफल गर्दै

 ग्लोबल टिभि      मङ्लबार, चैत्र ३, २०७७      0

राष्ट्रपति विद्यादेवि भण्डारीले आज प्रमुख राजनीतिक दलहरुसँग छलफल गर्ने भएकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई छलफलका लागि बोलाएकी हुन् ।

पछिल्लो राजनीतिक परिस्थितबारे आह्वान गरिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी गराएका हुन् । छलफल अपराह्न ४ बजे शीतल निवासमा हुनेछ ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *