बालुवाटारको चियापान : नेपाल, खनाल र गौतमद्वारा बहिस्कार

 ग्लोबल टिभि           0

पार्टी केन्द्रीय सदस्यहरुको लागि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रम बालुवाटारमा सुरु भएको छ ।

भर्खरै प्रारम्भ भएको चियापान कार्यक्रमलाई वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल र बामदेव गौतम समुहले बहिस्कार गरेका छन् । नेपाल र खनालले सोमवार नै ओलीको चियापानमा सहभागी नहुने बताएका थिए ।

गत फागुन २८ गते नवौं महाधिवेशनवाट निर्वाचित अध्यक्ष र महासचिव वाहेक सबै पद खारेज गर्ने अध्यक्ष ओलीको निर्णय फिर्ता नभएसम्म सहमति हुन नसक्ने अडान नेपाल पक्षले राखेको थियो ।

ओलीको चियापान चलिरहदा अर्का नेता गौतमले भने बल्खु छुट्टै भेला गरेका छन् । एमाले भित्रको विवाद उत्कर्षमा पुगेका बेला ओलीले सरकारी निवास बालुवाटारमा आयोजना गरेको आजको चियापानलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *