चियापानमा ओलीले भने-निहुँ खोज्नेसँग झुक्दिन (भिडियो सहित)

नेपाल- खनाल समूहको भेलामा गए कारवाही गर्ने

 ग्लोवल टि.भी.      मङ्लबार, चैत्र ३, २०७७      0

नेकपा एमालेका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले निहुँ खोज्नेहरुसँग नझुक्ने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित चियापान कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम लगाएतका नेताहरुप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।

‘बोलाएको कार्यक्रममा सहभागी नहुने । अनि यो भएन र त्यो भएन भनेर रुवाबासी गर्दै गुटगत भेला गर्दै हिड्ने ।’ उनले भने ।

नेकपा नेपाल–खनाल भेलामा सहभागी हुने कार्यकर्तामाथि कारवाही गर्ने पनि उनले चेतावनी दिए ।
‘एकथरी अनुहारका साथीहरु नदेखिएनन् । हिजो बेलुका मैले सुनेँ, बैठक बसेर निर्णय गर्नुभयो । पार्टीको चियापानमा नजाने रे । पार्टी अध्यक्ष–प्रधानमन्त्रीको निमन्त्रणामा नजाने, कसको चियापानमा पाए जानुहुन्छ ?’ उनले अघि भने, ‘हुन त सबैलाई थाहा छ, नभनौं ।’

‘बहिस्कारको निर्णय गर्नु भएको होइन होला, कुनै कारणवश आउन भ्याउनुभएन होला भन्ने ठानेको छु ।’ उनले भने, ‘तर भोलिको राष्ट्रिय भेला गर्नुहुन्छ कि गर्नु हुन्न ? कति तमासा गर्नुहुन्छ त्यता चाहिँ एक नजर राखिनेछ ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *