धम्कीपूर्ण भाषा नबोल्न ओलीलाई नेपाल पक्षको चेतावनी

प्रमुख अतिथि बनेर भेलाको उद्घाटन गर्न आग्रह

 ग्लोबल टिभि      मङ्लबार, चैत्र ३, २०७७      0

नेकपा एमाले नेपाल–खनाल पक्षले प्रधानमन्त्री के.पी.ओलीलाई धम्कीको भाषा नबोल्न चेतावनी दिएको छ । राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्रीलाई शक्ति र धम्कीको भाषा प्रयोग नगर्न चेतावनी दिएका हुन् ।
बिहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल पक्षको भेलामा सहभागी भए कारवाही गर्ने चेतावनी दिएका थिए ।

जवाफमा नेता भट्टराईले कारवाही गरेर राजनीतिक अगाडि नबढ्ने र आफुहरु कारवाही भोग्न तयार रहेको बताए । अंहकारी शैली बढ्दै गए प्रधानमन्त्रीको दुःखमा दुईथोपा आँशु चुहाउने मान्छे पनि फेला पर्न नसक्ने भन्दै उनले इतिहासको कठघरामा उभिदाँ आईपर्न सक्ने प्रश्नको उत्तर दिने हिम्मत राखेर अघि बढ्न ओलीलाई सुझाए ।

उहाँले भोली काठमाण्डौमा हुने राष्ट्रिय कार्यकर्ता भेलाको प्रमुख आतिथ्यता ग्रहण गर्न पनि प्रधानमन्त्रीलाई अनुरोध गरे । नेता भट्टराईले भने,‘ यो भेला तपाईकै हो । तपाई नै प्रमुख अतिथि भएर यो भेलाको उद्घाटन गर्नुहोस् । देशभरीबाट आएका तपाईकै कार्यकर्ता हुन् । तपाईकै सदस्य हुन् । के भन्नुहुन्छ उहाँहरुलाई तपाईले भन्नुहोस् । त्यसको निम्ति म प्रधानमन्त्रीलाई अनुरोध गर्न चाहन्छु ।’ नेता भट्टराईले आवेग र उत्तेजनामा नआउन प्रधानमन्त्रीलाई अनुरोध पनि गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *