सर्वदलीय बैठकमा गएनन् नेपाल र खनाल

 ग्लोबल टिभि           0

राष्ट्रपति विद्यादेवी भण्डारीले आह्रवान गरेकी सर्वदलीय बैठकमा माधव कुमार नेपाल र झलनाथ खनाल उपस्थित भएका छैनन् । त्यस्तै, बैठकमा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पनि उपस्थित छैनन् । भट्टराई स्वास्थ्यका कारण उपस्थित हुन नसकेका हुन् भने नेपाल–खनालले बैठक बहिष्कार गरेको बुझिएको छ ।

प्रधानमन्त्री के.पी ओलीसहित एमालेबाट इश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल तथा सुभाष नेम्वाङ बैठकमा उपस्थित छन् । त्यस्तै, बैठकमा नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि तथा शशांक कोइराला सहभागी छन् ।

माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र देव गुरुङ बैठकमा उपस्थित छन् । बैठकमा राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि उपस्थिति छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *