शिर्ष नेतासंगको भेटमा राष्ट्रपतिले भनिन्–चुनाव लोकतान्त्रिक प्रकृया हो, निर्णय तपाईहरुले नै गर्ने हो

 ग्लोबल टिभि      मङ्लबार, चैत्र ३, २०७७      0

मंगलबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले सबै दलका शीर्श नेतासंग छलफल गरेकी छिन् । राष्ट्रपति कार्यालय शितलनिवासमा भएको छ्लफलमा उनले आफू बंगलादेश भ्रमणमा जान लागेको र कोभिडको कारणले पनि नेताहरुसंग भेट्न नसकेकाले बोलाएको बताइन् ।
शीर्श नेताहरुले बोलिसकेपछि उनले भनिन्,‘ निर्वाचन लोकतान्त्रिक प्रकृया हो । यद्यपी निर्णय तपाँइहरुले नै गर्ने हो ।’

त्यसअघि प्रधानमन्त्री के.पी. शर्मा ओलीले बोल्न केही समय मागे । सर्वोच्च अदालतले जे फैसला गरेपनि संसद विघटनसम्बन्धि व्यवस्था संविधानमा भएको दावी गरे । चुनाव लोकतन्त्र होइन ? के दुई वर्षापछि पनि चुनाव नगर्ने भन्दै प्रश्न गरे । उनको यो भनाइ पुष ५ को संसद विघटन गर्ने निर्णयको बचाउ थियो ।

त्यसलगत्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान मिच्नका लागि सल्लाह गर्न मिल्छ भन्दै प्रतिवाद गरे ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सबै मिलेर फैसला कार्यान्वयन गर्नका लागि बहस गर्नुपर्नेमा जोड दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *