खनाल–नेपाल समूहको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै

 ग्लोवल टि.भी.      बुधबार, चैत्र ४, २०७७      0

नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

बिहीबारसम्म चल्ले भेलाका लागि जिल्ला जिल्लाबाट मंगलबार नै नेताहरु काठमाडौं आइसकेका छन् । नजिकका नेता–कार्यकर्ता बुधबार आइपुग्ने समूहले बताएको छ ।

भेलाका लागि खनाल–नेपाल समूहले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीसमेत दिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *