काँग्रेस नेता जोशीको स्वास्थ्य स्थिर, आफन्तजनको गम्भीर ध्यानाकर्षण

 ग्लोवल टि.भी.      बुधबार, चैत्र ४, २०७७      0

समाजीक सन्जालमा आएको कुरालाई कांग्रेस नेता  नविन्द्रराज जोसीका आफन्त र शुभचिन्तकहरुले गम्भीर ध्यानाकर्षण गराएका छन् । मष्तिष्क घात भएर नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको स्वास्थ्य स्थिर रहेको उनका सहयोगी पुष्कर पाण्डेले जानकारी दिए ।

जोशीको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा श्रदाञ्जली आइरहेको छ । तर परिवार र अस्पतालले भने जोशीको उपचार भइरहेको जनाएका छन् ।

नर्भिक अस्पतालले जोशीको अवस्था स्थिर र गम्भीर भएको तर उपचार भइरहेको जनाएको छ । गएरातिबाटै जोशीको मृत्यु भएको खबर सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पतालले विज्ञप्ति जारी गरेको हो ।

फागुन १४ गते अस्पताल भर्ना भएका जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *