कांग्रेसले ३०–३२ सिट मात्रै जित्छ, गठबन्धनमा सरकारको नेतृत्व कसले हाँक्छ?

 ग्लोबल टिभि           0

कात्तिक २६ –अबको चुनावमा नेपाली कांग्रेसले ३०–३२ सिट मात्र जित्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाबी गरेका छन् ।

कैलालीको लम्कीमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘कांग्रेसले १६५ मध्ये ८७ ठाउँमा मात्र उम्मेदवार बनाएकाले ३०–३२ सिट मात्र जित्छ, उनीहरुलाई बहुमत ल्याउन कठिन छ, बहुमत ल्याउने एमालेले नै हो ।

अगामी निर्वाचनबाट बन्ने सरकारको नेतृत्व कसले हाँक्छ र गठबन्धनको नेता को हो भन्ने जवाफ उनीहरुसँग नभएको टिप्पणी उनले गरेका छन् । उनले सरकार बनाउँछौँ भन्ने विश्वास नभएकै कारण गठबन्धनले हाम्रो प्रधानमन्त्री फलानो हुन् भनेर भन्न नसकेको दाबी गरे ।

ओलीले अहिले गठबन्धनका नेताहरुले आफू आफूलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर जनतालाई ढाट्ने काम गरिरहेको बताएका र फरक फरक पार्टीका घोषणा पत्र लागु हुने सम्भावना नै नरहेको दाबी गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *