ग्लोबल टिभि
0
नेकपा एमालेका नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा जारी भेला भोलिसम्म चल्नेछ । ११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरुबीचको छलफलपछि भेला सुरु गरिएको हो । भेलाको अध्यक्षता वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले गरेका छन् ।
दुई सत्रमा विभाजन गरिएको भेलामा विभिन्न १० वटा समूह बनाइएको छ । पहिलो सत्रमा उद्घाटन र दोस्रोमा बन्द सत्र रहनेछ । अध्यक्ष एवम प्रधानमन्त्री के.पी.ओलीले आफ्ना इतर पक्षलाई पेलेर जाने रणनीति लिएपछि नेपाल–खनाल समूहले पनि समानान्तर गतिविधि अघि बढाएको हो ।
Post Views: 1,507
Leave a Reply