ग्लोबल टिभि
0
नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको संसद सचिवालयलाई पनि जानकारी गराउने निर्णय गरेको छ । अहिले कर्णालीमा माओवादी केन्द्र नेतृत्वको सरकार छ । आजको बैठकले मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन निर्देशन दिँदै दलको नेतामा यामलाल कँडेललाई चयन गरेको छ । साथै बैठकमा अनुपस्थित नेपाल–खनाल पक्षीय सांसदसँग स्पष्टीकरण माग्ने निर्णय पनि गरेको छ ।
Post Views: 1,318
Leave a Reply