एमाले विवादको जड नै के.पी.ओली– नेपाल

नीति र सिद्धान्तको लडाइँ लडिरहेको दावी

 ग्लोबल टिभि           0

नेपाल कम्युनिष्ट पार्टी(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध बनाउन राष्ट्रिय भेलाको आयोजना गरिएको बताएका छन् ।

आजबाट सुरु कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीलाई ध्वंस गर्नका लागि नभई एकताबद्ध बनाउनका लागि राष्ट्रिय भेला गरिएको स्पष्ट पारेका हुन् । एमाले भित्रको विवादको जड नै अध्यक्ष के.पी.ओली भएको उनको आरोप छ ।

उनले भने,‘केपी ओलिको अहंकार, व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण एमालेमा विवादको सिर्जना भएको हो । ’अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रसँग एकिकरण गर्ने बेला जनताको बहुदलीय जनवादलाई कुनै अडान नलिइ हटाएको भएपनि जबजको हिमायतीको रुपमा प्रस्तुत गरिरहेको उनले बताए । ओलीले मदन भण्डारीको विरासत बोकेको भनि नक्कली कुरा गरेकाले भ्रममा नपर्न पनि सबैसंग आग्रह गरे ।

उनले थपे,‘सबै समस्याको जरो भनेको केपी ओलीमा भएको अहंकार, व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहना । इमान्दार कार्यकता उहाँलाई चाहिएको छैन । उहाँलाई आलोचना मन पर्दैन । उहाँलाई सुझाव मन पर्दैन । त्यस हुनाले यी सबै चिजले समस्या खडा गर्यो । हामीले भनेको कुरा के हो भने, पार्टी एकतालाई तपाईले स्वार्थसिद्धीको साधन बनाउनुभयो , त्यो काम नगर्नुस् ।’

‘विधि, पद्धतीको सधैँ उल्लंघन गर्नुभयो । संगठनात्मक सिद्धान्तको सधै उल्लंघन गर्नुभयो । पार्टीको निर्णय र सहमतीको पालना गर्नुभएन । त्यसको उल्लंघन गर्नुभयो । सहमतीको सधैँ रटान लगाउने तर स्वेच्छाचारी व्यवहार गर्दै आउनुभयो । अनि जबजको नारा लगाउँदै निरंकुश प्रवृत्ति देखाउनुभयो ।’ उनले ओलीप्रति आक्रोस पोखे ।

नेता नेपालले आफुहरुको लडाइँ पदको निम्ति नभएर नीति र सिद्धान्तको लडाइँ भएको पनि जिकिर गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *