नेपाल र खनाल पनि एमाले संसदीय बोर्डमा(भिडियो सहित)

 ग्लोबल टिभि           0

एमाले अध्यक्ष केपी शर्मा ओली समूहले वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाललाई समेटेर संसदीय बोर्ड गठन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहिबार बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीको संयोजकत्वमा २४ सदस्यीय बोर्ड गठन भएको हो ।

उप–नेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी वोर्डमा पदेन सदस्य छन् । अन्य, सदस्यहरुमा माधवकुमार नेपाल, झलनाथ खनाल, सुमन प्याकरेल, विमला राई, खिमलाल भट्टराई, राधा ज्ञवाली, दामोदर भण्डारी, बिन्दा पाण्डे, बिद्या भट्टराई, राजेन्द्र राई, रेखा झा, शेरबहादुर तामाङ, छबिलाल बिश्वकर्मा, रघुवीर महासेठ, मोहन बाँनिया, नारदुमनी राना, उपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने र विमला विक रहेका छन् ।

खनाल र नेपाल एमाले कै नेता भएकाले वोर्डमा रहेको नेता शेरबहादुर तामाङले जानकारी दिए । नेपाल – खनाल पक्षले आजको बैठक वहिस्कार गरेका थिए ।दलको अर्को बैठक आगामी चैत ७ गते बस्नेछ । ओलीले सोही दिन पार्टी केन्द्रीय कमिटीको बैठक समेत डाकेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *