रेखालाई मनीषा कोइरालाले मागिन् भोट

 ग्लोबल टिभि           0

मंसिर १ –मोरङ क्षेत्र नं.३ बाट उम्मेदवारी दिएकी राप्रपा नेतृ तथा चर्चित अभिनेत्री रेखा थापाका लागि अभिनेत्री मनीषा कोइरालाले भोट मागेकी छन् । मनीषाले एक भिडियो सन्देशमार्फत् प्रतिनिधिसभा सदस्यका लागि रेखालाई भोट मागेकी हुन् । उनले रेखालाई निडर र हिम्मतवालीको संज्ञा दिँदै जितको लागि शुभकामना समेत दिएकी छन् ।

मनीषाले भोट मागेको भिडियो रेखाले सामाजिक संजालमा शेयर गरेकी छन् । उक्त भिडियोमा मनीषाले भनेकी छन्, ‘देश यतिबेला निर्वाचनमय भएको छ । हाम्रै कला क्षेत्रबाट ख्याति कमाउनुभएको निडर, हिम्मतवाली राप्रपाकी कुशल नेतृ रेखा थापा मोरङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा उठ्नुभएको छ । म उहाँलाई विजयको अग्रिम शुभकामनासहित समर्थन गर्दछु । मोरङ ३ बाट मलाई हेरिरहनुभएको व्यक्तिहरुलाई यसपटक सहासी नारीलाई साथ दिन अनुरोध गर्दछु ।’

मनीषाले गत मंगलबार काठमाडौं क्षेत्र नम्बर १ का राप्रपाका प्रतिनिधिसभा उम्मेदवार रवीन्द्र मिश्रका लागि भोट माग्दै घरदैलो समेत गरेकी थिइन् । मनिषाले मात्र होइन, रेखालाई विभिन्न सेलिब्रेटीले समेत सामाजिक संजाल मार्फत भोट मागिरहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *