नेपाल – खनाल पक्षीय स्थायी समितिको बैठक सुरु

 ग्लोवल टि.भी.      बिहिबार, चैत्र ५, २०७७      0

काठमाडौँ । राष्ट्रिय कार्यकर्ता भेला गरिरहेको नेकपा एमाले नेपाल – खनाल समूहका स्थायी कमिटी सदस्यहरूको बैठक शुरू भएको छ ।

बुधबारदेखि ललितपुरमा शुरू भएको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गर्नुअघि नेताहरु छलफलमा जुटेका हुन् ।

राष्ट्रिय भेलाको समीक्षा गर्दै स्थायी कमिटी बैठकमा आगामी कार्य योजनाबारे छलफल भइरहेको बताइएको छ ।

संस्थापन पक्षले गुटगत भेला गर्ने र त्यस्तो भेलामा जाने सांसदलाई कारबाही गर्ने निर्णय गरेको अवस्थामा नेपाल समूहको स्थायी कमिटी बैठक बसेको हो ।

बिहीबार बसेको नेकपा संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *