मुलुकको अर्थतन्त्रः कस्तो होला चुनावपछिको अर्थतन्त्र ?

 ग्लोवल टि.भी.      शनिबार, मंसिर ३, २०७९      0

सुनिता –आइतबार देशमा आमचुनाव हुँदैछ । चुनावका लागि निर्वाचन आयोगले मात्रै १० अर्ब बढि खर्च गर्दैछ । यता उम्मेदवारहरुले पनि चुनावी प्रचारप्रसारका लागि करोडौं रकम खर्च गरिसकेका छन् । तर बैक तथा वित्तिय संस्था भने तरलता अभाव झेलिरहेका छन् । यस्तोमा चुनावपछि नेपाली अर्थतन्त्र कस्तो होला भन्ने चासो शुरु भएको छ ।

आइतबार हुने आमचुनावपछिको नेपाली अर्थतन्त्र कस्तो होला भन्ने चासो शुरु भएको छ । चुनावका बेला राजनीतिक दल र उम्मेदवारले गर्ने खर्चको सिमा निर्वाचन आयोगले निर्धारण गरिदिएको छ । आयोगले उम्मेदवारले २५ लाख देखि ३३ लाख रुपैयासम्म प्रचारप्रसारमा खर्च गर्न पाउने सिमा नै निर्धारण गरेको छ । तर अहिलेको नेपाली अर्थतन्त्र भने धर्मराउँदो छ । बैक तथा वित्तिय संस्था तरलता अभावको समस्यामा झेलिएका बेला उम्मेदवारले गर्ने खर्चले बैंक तथा वित्तिय संस्थामा तरलता बढ्ने अनुमान छ । तर चुनावका बेला अत्यधिक पैसा बजारमा जाने भएका कारण मुल्यवृद्धि आकाशिने कतिपयको आंकलन छ । त्यसबाहेक निर्वाचनमा जति खर्च भएको छ त्यसले मुलुकको अर्थतन्त्रमा पनि प्रभाव पार्दछ । यसरी अर्थतन्त्रमा परेको असरलाई सुधार गर्नको लागि विकास निर्माणका लागि लगानी गर्ने, जनतालाई सेवा पहुँच पुग्ने खालको खर्च बढाउने, विदेशि लगानी स्वदेशमा ल्याउने उपाए अवलम्बन गरिनुपर्ने विज्ञहरुको भनाई छ ।

यता नेपालको अहिलेको आर्थिक अबस्थालाई हेर्ने हो भने पनि १६ महिनापछि मुलुकको सोधनान्तर घाटा कम भएको छ । वैदेशिक सहयोग र ऋणको क्रम समेत बढ्ने देखिएको छ । त्यसबाहेक रेमिटयान्स समेत बढेको छ । तर चुनावलगत्तै सरकारले ३० अर्ब बढि आन्तरिक ऋण परिचालन गर्ने तयारी गरेका कारण बजारमा लगानीयोग्य रकमको अभाव हुने समेत देखिएको छ । तर विज्ञहरु भने हरेक वर्ष २० लाख पर्यटकहरु भित्र्याउने वातावरण सिर्जना गर्र्ने, जनशक्ति उत्पादन गर्नसके चुनावपछि आर्थिक पक्षमा सुधार हुन सक्ने डाक्टर स्वर्णिम वाग्ले बताउँछन् ।

नेपालको अर्थतन्त्रमा दिर्घकालिन संरचनात्मक समस्या र कमजोरी, राज्यले प्रदान गर्नुपर्ने आधारभुत सेवाहरुको गुणस्तर कमजोर र पुँजि निर्माणका कामहरु सुस्त भएको साथै पछिल्लो समय निर्वाचनका लागि निकै खर्च भएको देखिएको छ । अन्ततः सरकारले देश र जनताका लागि चुनावमा बनाएका एजेण्डाहरु कार्यन्वयन गरेर अगाडि बढ्न सके मुलुकको अर्थतन्त्रमा सुधार आउन सक्ने विज्ञहरु बताउँछन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *