कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टी सरकारको नेतृत्व लिन तयार रहेको वताएका छन् । विहिबार सानेपास्थित पार्टी कार्यालयमा पत्रकारहरुसंग कुरा गर्दै शर्माले संसदको अंक गणित र दलहरु भित्रको अन्तरकलहका कारण कांग्रेसले सरकार वनाउने बिषयमा पहल थालिन नहालेको स्पष्ट पारेका छन् ।
प्रवक्ता शर्माले सभापति शेरवहादुर देउवा प्रधानमन्त्रीको पदीय जिम्मेवारी लिनबाट नभाग्ने मनस्थितिमा रहेको बताए । शर्माले भने,‘जनताले नकेपालाई सत्ता चलाउने म्यान्डेट दिएका हुन्, एमाले र माओवादीको गठबन्धन भत्किएपछि त्यो म्यान्डेट खण्डित भईसक्यो ।
अहिले उहाँहरुले हामीलाई नै दिएको भनेर भनिरहनुपर्ने, अडिरहनुपर्ने अवस्था विल्कुलै छैन । त्यसैले प्रतिपक्षी कांग्रेस सत्तामा जानै हुन्न भन्ने छैन । आवश्यकता परेका वेला कांग्रेस जिम्मेवारी लिन तयार छ तर अहलि नै प्रधानमन्त्री पदका लागि दौरासुरवालमा आईरन गरिहाल्ने बेला भएको छ भन्ने हामी मान्दैनौ । ”
Leave a Reply