जोशीको उपचारमा सरकारले सहयोग गर्ने

 ग्लोवल टि.भी.      शुक्रबार, चैत्र ६, २०७७      0

नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको उपचारमा सरकारले सहयोग गर्ने भएको छ । जोशीको पछिल्लो स्वास्थ्य अवस्था बुझ्न थापाथलीस्थित नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री इश्वर पोखरेलले सरकारले जोशीको उपचारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । मस्तिष्कघात भएपछि नेता जोशीलाई फागुन १४ गते नर्भिक अस्पताल भर्ना गरिएको थियो । अहिले उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको र स्वास्थ्य अवस्था गम्भिर रहको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *