सर्वोच्चको फैसलामा सरकार न लड्डु खाएर खुशी मनाउँछ – न झोक्रयाएर बस्छ– परराष्ट्रमन्त्री

 ग्लोबल टिभि           0

परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले सरकारले सर्वोच्च अदालतको निर्णय स्वीकार गर्ने र कार्यान्वयनमा लैजाने बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री ज्ञवालीले सरकार अदालतको फैसला अनुकुल हुँदा लड्डु खाएर खुशी मनाउने र प्रतिकुल हुँदा झोक्राएर बस्ने गर्दैन भन्दै एमालेभित्रकै नेपाल–खनाल पक्ष तथा माओवादी केन्द्रप्रति व्यंग्य गरे । माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गरी मन्त्री ज्ञवालीले प्रधानमन्त्री बन्न खोज्ने तर सफल नभए प्रतिगमन भन्ने यो कस्तो चरित्र हो भन्दै प्रश्न गरे ।

अदालतको फैसलाले संसदबाटै राजनीतिक स्थायित्व खोज्न बाध्य बनाएको तर्क गरे । सरकारले अध्यादेश ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएपनि टेवुलसम्म गर्न नदिनु दुर्भाग्यपूर्ण रहेको उनको आरोप छ । मेलम्ची खानेपानी, अपर तामाकोशी लगायतका आयोजनाको प्रगतीलाई सरकारले आफ्नो उपलब्धि मानेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *