प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ– बालकृष्ण खाँड

 ग्लोबल टिभि      शुक्रबार, चैत्र ६, २०७७      0

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले सरकारले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले सरकार गठन भएदेखि नै संविधानमाथि प्रयार भइरहेको आरोप लगाए । उनले भने, ‘सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय प्रतिकुल फैसला सुनाएपछि प्रधानमन्त्रीले नैतिक उत्तरदायित्व लिनु पर्छ की पर्दैन ।’

सरकारले विधिको शासन मान्छु भन्ने अनि नैतिक जिम्मेवारी लिन नचाहने कस्तो विरोधाभाष कुरा हो भन्दै सरकारप्रति उनले प्रश्न पनि गरे ।

संसदलाई गतिशिल बनाउने जिम्मा सरकारको नै भएकोले यसतर्फ चासो नदिएको उनले आरोप लगाए । विचार र अभिव्यक्ति स्वातन्त्रता विरुद्ध लागेको सरकार कसरी अग्रगमनकारी भयो भन्दै उनले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीप्रति आक्रोस पनि पोखे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *