ग्लोबल टिभि
0
महान्यायाधिवक्ता अग्नि खरेलले प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेरै राजीनामा दिएको बताएका छन् । आज महान्यायाधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन गर्दै खरेलले प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिएको बताए । ‘प्रधानमन्त्री र मेरो राम्रो सम्बन्ध छ, छलफल गरेर नै राजीनामा दिएको हुँ ।’ महान्यायाधिवक्ता कार्यालयमा रहेर आफुले राम्रो काम गरेको उनले दावी गरे ।
पहिलेनै राजीनामा दिएको भनेर सञ्चारमाध्यममा आएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘आज मैले तपाईंहरुको इच्छा पूरा गरिदिएको छु, । पत्रकार सम्मेलनमा उनले आफु पदमा नियुक्त भएयता गरेका कामको फेहरिस्त प्रस्तुत गरेका थिए । उनले उक्त अवधिमा संस्थागत सुधारका लागि विभिन्न कार्य गरेकोे दावी गरे ।
Post Views: 1,276
Leave a Reply