ग्लोबल टिभि
शुक्रबार, चैत्र ६, २०७७
0
जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले रेशम चौधरीको रिहाइलाई सरकारको लेनदेनको विषय बनाइन नहुने बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा सांसद यादवले संविधान संशोधन र रेशम चौधरी रिहाइको मागलाई सत्ताको बार्गेनिङको विषय बनाइन नहुनेमा जोड दिएका हुन् ।
चौधरी रिहाइको मागलाई सत्ता लेनदेनको विषय बनाइए राजनीतिक बेइमानी हुने उनको स्पष्टोक्ति छ । उनले थारुहट आन्दोलनका सबै आन्दोलनकारीलाई राजबन्दीसरहको व्यवहार हुनुपर्ने र राजनीतिक समस्याको रुपमा समाधान गरिनुपर्ने तर्क अघि सारे । सांसद यादवले जसपा फुटको हल्ला मिडियामा आएको भन्दै कुनै लोभ लालचमा पार्टी नफस्ने स्पष्ट पारे ।
Post Views: 1,028
Leave a Reply