कञ्चनपुर–३ मा रमेश लेखकले बढाए अग्रता, एमाले र रा.स्व.पा ले पछ्याउदै

 ग्लोबल टिभि      मङ्लबार, मंसिर ६, २०७९      0

मंसिर ६ –कञ्चनपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत नेपाली कांग्रेसका रमेश लेखकले अग्रता बढाउँदै लगेका छन् । मतगणनाको पछिल्लो परिणाम अनुसार १६ हजार ६८८ मत गणना हुँदा लेखकले ३ हजार ७२९ मतले अग्रता लिएका छन् । उनले ८ हजार ६०५ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी निरुदेवी पालले ४ हजार ८७६ मत पाएकी छन् ।

सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुहारले ८३२ मत पाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *