दाङ २ मा रेखा शर्माको झण्डै दुई हजार मतान्तरले अग्रता

 ग्लोबल टिभि      मङ्लबार, मंसिर ६, २०७९      0

मंसिर ६ –नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले दाङ २ मा झण्डै दुई हजार मत अन्तरले अग्रता लिएकी छन् ।

२३ हजार ५३१ मत गणना हुँदा रेखाले ९ हजार ५९५ मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेलले ७ हजार ७५३ मत पाएका छन् ।

रेखा र शंकरबीचको मत अन्तर १८४२ छ ।

पछिल्लो समय उनको मतअन्तर पनि थोरै संख्याले बढ्दै गएको छ । रेखाले शंकर पोख्रेलसँग सुरुदेखि नै अग्रता बनाइरहेकी छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *